Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

महामन्त्रीमा गगन थापा सर्वाधिक मतले अगाडि


1.5k
Shares


काठमाडौं । कांग्रेस महामन्त्रीमा गगन थापाले फराकिलो अग्रता कायमै लिएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत बिहीबार बिहानदेखि सुरु भएको मतगणनामा गगन थापा आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतले पछाडि पारेका हुन् ।

महाधिवेशन निर्वाचन समितिका अनुसार १५२० मतपत्र गन्दा गगनले सर्वाधिक ९८५ मत पाएका छन् । यो मत संख्या दुईतिहाइभन्दा बढी हो ।
यस्तै, विश्वप्रकाश शर्माले ६०३ मत ल्याएका छन् भने प्रदिप पौडेलले ४४७ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् ।

यस्तै प्रकाशशरण महतले ४९१ र मीनेन्द्र रिजालले २५४ मत पाएका छन् भने राजाराम कार्कीले ४७ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जनाका लागि ६ जनाबीच प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्