Logo
Logo

जित पक्का भएपछि विश्वप्रकाशले भने- कांग्रेस रूपान्तरण प्रारम्भ भयो


504
Shares

काठमाडौं । महामन्त्री पदमा निर्वाचित हुने पक्का भएपछि विश्वप्रकास शर्माले कांग्रेसमा रूपान्तरण प्रारम्भ भएको बताएका छन् ।

शर्माले कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो जित सिंगै कांग्रेस रूपान्तरण अभियानको प्रारम्भ भएको बताएका हुन् ।

उनले भने, ‘यो व्यक्तिको विजय होइन, गुटको विजय होइन । यो सिंगै नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने प्रारम्भ हो ।’

उनले बाँकी कुरा सुन्दरीजलबाट सुनाउने बताए । उनले भने, ‘मैले बोल्नुपर्ने धेरै छ । सुन्दरीजलस्थि बीपी संग्रहालयबाटै विस्तृत कुरा गर्नेछु ।’ उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा पनि सुन्दरीजलबाटै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्