Logo
Logo

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित


3.2k
Shares

काठमाडौँ । कांग्रेसको १४ औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । सानेपामा जारी रहेको मतगणना अहिले अन्तिम अवस्थामा पुगेको छ। तर, थापा र शर्माको जित निश्चित भइसकेको हो ।

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याए । थापाले अहिलेसम्म सबैभन्दा बढी ३०२३ मत प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेरका शर्माले १९९४ मत प्राप्त गरेका छन् । प्रकाशशरण महत र विश्वप्रकाशबीचको अन्तर गन्न बाँकी रहेको मतभन्दा बढी छ । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।

त्यस्तै तेस्रो र चौथो स्थानमा क्रमशस् प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् । यसैबीच मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । महामन्त्रीको प्रारम्भिक मतपरिणाम आएसँगै उनले राजीनामाको घोषणा गरेका हुन् ।

कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् भने मीनेन्द्र र गगन शेखर कोइराला प्यानलबाट उठेका हुन् । विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंह समूहबाट उठेका हुन् ।

प्रतिक्रिया दिनुहोस्