Logo
Logo

१८४ संक्रमित थपिए, दुई जनाको मृत्यु


126
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १८४ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा पाँच हजार ५२६ पुगेको छ ।

पछिल्लो समय थप २६७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख आठ हजार ८३ पुगेको छ । निको हुने दर ९७।९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । दुई सय भन्दा बढी सङ्क्रमित भएका जिल्लाहरूमा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली रहेका छन् ।

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, डोल्पा, हुम्ला र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमण दर १७।४ प्रतिशत रहेको छ । हाल होमआइसोलेशनमा पाँच हजार २४७, संस्थागत आइसोलेशनमा २७९ आइसीयूमा १११ र भेन्टिलेटरमा २८ जनाको उपचार हुँदैछ ।

दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५६७ पुगेको छ ।

त्यसैगरी पछिल्लो समय दुई लाख ४० हजार ५६४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड १७ लाख सात हजार १३४ जनाले र पूर्ण मात्रा ९४ लाख ६८ हजार ४८९ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्