Logo
Logo

म गुटको होइन, सबैको महामन्त्री हुँ : गगन थापा


9.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले आफू सिंगो पार्टीको महामन्त्री भएको बताएका छन् ।

महामन्त्रीमा निर्वाचित भएपछि कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू हिजो एउटा समूहबाट महामन्त्रीको उम्मेदवार भएपनि आज सिंगो पार्टीको महामन्त्री भएको बताएका हुन् ।

उनले भने, ‘म हिजोसम्म एउटा समूहबाट महामन्त्रीमा उठेको उम्मेदवार हुँ । र, त्यो समूहप्रति मेरो ठूलो सम्मान छ । तर आज महामन्त्री भइसकेपछि म सिंगो पार्टीको महामन्त्री हुँ । म सबैको महामन्त्री हुँ ।’

उनले एउटा समूहको सभापति नभएर सिंगो पार्टीको सभापति हुन शेरबहादुर देउवालाई सुझाव पनि दिए । उनले भने, ‘हिजोसम्म एउटा मसूहको उम्मेदवार बनेर शेरबहादुर देउवा पार्टी सभापति बन्नुभयो । उहाँले पनि आफ्नो समूहलाई धन्यवाद दिएर भन्ने हो आजबाट म सिंगो पार्टीको सभापति हुँ । सबैलाई मिलाएर लाने हाम्रो कर्तव्य हो ।’

उनले गलत मान्छेलाई छान्ने भन्ने अवस्था आउन नदिने बताए । उनले भने, ‘महामन्त्रीको रूपमा मैले आज जुन एउटा जिम्मेवारी प्राप्त गरेको छु, यो जिम्मेवारी इमानदारीतापूर्वक निर्वाह गर्छु। मैले मेरो महाधिवेशनका प्रतिनिधि साथीहरूलाई एकदिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन दिन्नँ भनेको थिएँ। त्यो कुरामा इमानदारीपूर्वक काम गर्छु ।’

प्रतिक्रिया दिनुहोस्