Logo
Logo

‘ए’ डिभिजन लिगमा आजबाट पाँचौँ चरणको खेल हुने


567
Shares

काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि पाँचौँ चरणको खेल सुरु हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुने छ । पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लब दिउँसो १ बजे खेल्दैछन् ।

सातदोबाटो ४ खेलमा ७ अङ्क जोडेर लिगको पाँचौँ स्थानमा छ । आर्मी चार खेलमा ८ अङ्क जोडेर तेस्रो स्थानमा छ । लिगमा आर्मी अपराजित रहेको छ ।

आज हुने दोस्रो खेलमा सङ्कटा क्लब र साविक विजेता मच्छिन्द्र फुटबल क्लब खेल्दैछन् । सङ्कटा र मच्छिन्द्रबीचको खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ ।सङ्कटा चार खेलमा ८ अङ्क जोडेर चौथो स्थानमा छ । मच्छिन्द्र १० अङ्कका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्