Logo
Logo

इंग्लिस प्रिमियर लिगमा लिभरपुद्धारा न्युक्यास पराजित


567
Shares

काठमाडौं । एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित गरेको । बिहीबार राति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जित भएको हो ।

लिभरपुलरको १२औँ जितमा डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले १ १ गोल गरे । यसअघि भ्रमणकारी टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७औँ मिनेटमा अग्रता दिलाएका थिए ।

२१ मिनेटमा जोटाले खेललाई बराबरी स्थितिमा ल्याए । २५औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २ १ को अग्रता बनाए ।

सलाहले यस गोलसँगै प्रिमियर लिगमा अर्को कीर्तिमान बनाएका छन् । उनले जेमी भार्डीको नाममा रहेको कीर्तिमान तोडेका हुन् । खेलको ८७औँ मिनेटमा ट्रेन्टले गोल गर्दै लिभरपुललाई ३(१ अन्तरको पुनरागमन जित दिलाए ।

जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ । पराजित न्युक्यासल भने १७ खेलबाट १० अंक बनाउँदै पुछारबाट दोस्रो तथा रेलिगेशन जोनमा छ ।

प्रतिक्रिया दिनुहोस्