Logo
Logo

बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता


3.8k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार (आज) बिहान भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापति मार्फत बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

यस्तै सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको छ । यस्तै प्रचण्डले क्रीकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्