Logo
Logo

क्रिकेटरलाई कारबाही गरिएकोबारे प्रचण्डले गराए देउवाको ध्यानाकर्षण


2.9k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रिकेटका खेलाडीहरुमाथि गरिएको कारबाहीको विषयमा ध्यानाकर्षण गराएका छन् ।

प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान भएको भेटवार्तामा देउवालाई सो ध्यानाकर्षण गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान) को बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो । मल्ल र ऐरीसहित अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गरिएको थियो ।

यस्तै आज भएको भेटको क्रममा अध्यक्ष प्रचण्डले देउवालाई नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना प्रदान पनि गरेका थिए । भेटमा सदन सुचारू गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्