Logo
Logo

राजनीतिको केन्द्रबिन्दु जनता : माधव नेपाल


756
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिको केन्द्रबिन्दु जनता भएको बताएका छन् ।

अखिल किसान महासंघको समन्वयमा उद्धार स्वयंसेवक आवद्ध समाजिक संस्था नेपालले आयोजना गरेको उत्कृष्ट युवा किसान सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताका हुन् ।

उनले राष्ट्रिय सभाको चुनावमा ध्यान दिन नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे । अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने बताउँदै सम्पूर्ण सीटहरू जित्ने गरि आगाडि बढ्न नेता र कार्यकर्तालाई निर्देशन दिए ।

उनले राष्ट्रियसभाको चुनावपछि स्थानीय चुनाव हुने बताउँदै उनले प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै लाग्नुपर्ने बताए ।

उनले नेपालले देशमा कृषिको प्रचुर सम्भावना भएपनि आत्मनिर्भर हुन नसकेको बताए । उनले भने, ‘देशमा कृषिको प्रचुर सम्भावना भएपनि आत्मनिर्भर हुन सकेको छैन । देशका युवाहरूले केही गर्न चाहेका छन्, मेहनती छन्, त्यसलाई कृषिमा लगाएर देशलाई समृद्ध गर्नुपर्छ ।’

विश्वमा वैज्ञानिक क्रान्ति भइरहेको बताउँदै उनले त्यसलाई कृषिमा जोड्नुपर्ने धारणा राखे । ‘कृषिमा पनि नयाँ–नयाँ प्रविधि आइसकेको छ, कृषि कार्यक्रम सरल भएको छ, ती प्रविधिलाई धेरै भन्दा धेरै प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘पैसा कमाउन विदेश जानुपर्ने अवस्था छैन । नेपालमै कृषिको प्रचुर सम्भावना छ ।’

कार्यक्रममा कृषि क्षेत्रमा उत्कृष्ट काम गरेका ३८ जना किसानलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्