Logo
Logo

क्यानलाई ज्ञानेन्द्र मल्लको प्रश्न- हामीले क्रिकेटमा गरेको समर्पणको सम्मान यही हो ?


4.4k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले नेपाल क्रिकेट संघ (क्यान)को कारबाहीले आफूहरुलाई निकै दुखी भएकाे बताएका छन् ।

बुधबार बसेको क्यानको बैठकले कम्पतान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिसहित चार जना खेलाडीलाई कारबारी गरेको थियो । क्यानले अनुशासन उल्लंघन गरेको आरोपमा मल्ल र ऐरिसहित चार खेलाडीलाई पदमुक्त गर्नको साथै २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो ।

आज (शुक्रबार) काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले क्यानको उक्त निर्णयले आफूहरुलाई निकै दुखी बनाएको बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले भने, ‘कारबाहीले हामीलाई निकै दुखी बनाएको छ । हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ?’

उनले क्यानको यस्ताे कारबाहीले भोलिका अर्को पुस्ताले कसरी क्रिकेटमा भविष्य देख्छ ? भन्दै प्रश्न गरे । उनले भने, ‘आफ्नो हक अधिकारबारे आवजमा उठाएकै भरमा देशका लागि सबै त्यागरे वर्षाैं खेलका खेलाडीहरुलाई यसरी कारबाही हुन्छ भने भोलि अर्को पुस्ता कसरी आकर्षित होला ?’

उनले क्यानलाई उक्त निणर्यप्रति पुनर्विचार गर्न आग्रह पनि गरे । ‘हामी अहिले पनि चाहन्छौँ नेपाली क्रिकेटमा देखिएका सबै समस्य हल गरुन । खेलको लागि राम्रो वातावरण बनोस् । यसको लागि क्याने अविभावकीय भूमिका खेल्दै सो निणर्यलाई पुनर्विचार गरिहोस्,’ उनले भने, ‘हामी र हामीजस्ता क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरुले ब्याड र बल भुईँमा राख्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओ‌स् । यसलाई पुनर्विचार गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्