Logo
Logo

कांग्रेसको पदाधिकारीमा एकजना मात्रै महिला


6.4k
Shares

काठमाडौं । नेपाली कांग्रेको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना सकिएको छ । महाधिवेशनबाट सभापतिसहित १३ जना पदाधिकारी निर्वाचित भइसकेका छन् ।

सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन् भने पदाधिकारीमा अधिकांश नयाँ अनुहार आएका छन् । तर, महिला पदाधिकारी भने एकदमै न्युन निर्वाचित भएका छन् ।

कांग्रेसको पदाधिकारीमा डिना उपाध्याय मात्रै निर्वाचित भएकी हुन् । उनी महिलातर्फबाट कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । उपाध्याय सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्