Logo
Logo

कांग्रेस पदाधिकारीमा देउवा र खड्काबाहेक सबै नयाँ अनुहार


945
Shares

काठमाडौं । कांग्रेस महाधिवेशनको सबैभन्दा चर्चाको विषय थियो, नेतृत्व परिवर्तन र पुस्तान्तरण । सभापतिका पाँच प्रत्याशीमध्ये चार जनको एजेन्डा त्यही थियो । तर, शेरबहादुर देउवाले दोस्रो चरणको चुनावमा ५८ प्रतिशत मतसहित जिते ।

आफ्नो पहिलो कार्यकालमा पार्टी र राष्ट्रिय राजनीतिमा प्रभावशाली काम गर्न नसकेका देउवा साढे पाँच वर्षपछि फेरि देशभरिका नेता कार्यकर्तामाझबाट अनुमोदित भएका हुन् ।

यसआधारमा यो महाधिवेशनले कांग्रेसको मूल नेतृत्व परिवर्तन सकेन । तर, देउवाबाहेक केन्द्रीय कार्यसमितिका पदाधिकारीमा अधिकांश नयाँ अनुहार आएका छन्, जो पुस्तान्तरण र नेतृत्व परिवर्तनको एजेन्डासहित महाधिवेशनको प्रतिस्पर्धामा होमिएका थिए । कांग्रेसले यसपटक सभापतिसहित १३ जना पदाधिकारीको निर्वाचन गरेको थियो, जसमा यसअघि पदाधिकारी रहेका दुई जना मात्रै अटाएका छन्, त्यसबाहेक ११ जना पदाधिकारी नयाँ अनुहार निर्वाचित भएका छन् । अब चार वर्षे कार्यकालका लागि म्याण्डेट पाएको देउवा टिममा आशालाग्दा नयाँ अनुहार आएका छन् ।

विगतमा आठ जना पदाधिकारी भए पनि सभापति, एक महामन्त्री र कोषाध्यक्षमात्रै निर्वाचित हुने व्यवस्था थियो, बाँकी पदमा सभापतिले आफूलाई सहज हुने गरी मनोनित गर्थे । यसपटक भने कोषाध्यक्षबाहेक सबै पदाधिकारी चयन निर्वाचनबाटै भएको छ । गत सोमबार भएको निर्वाचनबाट सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ जना निर्वाचित भएका छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्