Logo
Logo

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध


1k
Shares

काठमाडौं । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ । काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस पुगेको छ । देशमा सबैभन्दा कम तापक्रम जुम्लामा रहेको छ । त्यहाँ न्यूनतम तापक्रम माइनस ५.८ डिग्री सेल्सियस रहेको छ । जिरीमा पनि माइनस २.१ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

शनिबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आइतबार भने देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्