Logo
Logo

सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक : भीम रावल


3.2k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूसँग सल्लाह नै नगरी केन्द्रीय सल्लाहकार परिषदको सदस्य बनाएकोमा आपति जनाएका छन् । शनिबार समाजिक सञ्जालमार्फत रावलले आफूलाई सोध्दै नसोधी कुनै पदको टिका लगाइदिनु आपतिजनक भएको जनाएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच एमाले महासचिव शंकर पोखरेलले रावललाई केन्द्रीय सल्लाहकार परिषदको सदस्य राखेको बताएका थिए ।

एमालेको १०औं महाधिवेशनमा रावल अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । अध्यक्ष ओलीसंग अध्यक्षमा पराजित भएपछि रावललाई सल्लाहकार परिषदको सदस्यमा राख्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको थियो । अध्यक्षमा पराजित भएपछि रावलले पार्टीको कुनै पनि पदमा नबस्ने घोषणा गरेका थिए ।

रावलले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्