Logo
Logo

कांग्रेस केन्द्रीय सदस्यको बाँकी मतगणना सुरु

शशांकलाई पछ्याउँदै एनपी साउद र बालकृष्ण खाँण


4.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ बाँकी मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा दोस्रो दिनको आइतबार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी छ ।
खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार शनिबार राति ११ बजेसम्म मतगणना गरिएको थियो । २३९३ मत गणना हुँदा निवर्तमान महामन्त्री डा. शशांक कोइराला १९७१ मतसहित पहिलो नम्बरमा छन् । उनले सुरूदेखि नै अग्रता लिइराखेका छन् ।

यस्तै, १५३८ मतसहित एनपी साउद दोस्रो नम्बरमा छन् भने १५०७ मतसहित बालकृष्ण खाण तेस्रो नम्बरमा छन् ।
त्यस्तै, चौंथोमा रमेश लेखक र पाचौंमा उदयशमशेर राणा छन् । लेखकको १४५२ तथा राणाको १४४५ मत छ ।

प्रतिक्रिया दिनुहोस्