Logo
Logo

ढुक्क भएर मोडर्ना खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह


693
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन आग्रह गरेको छ । सरकारले आजदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइँदै छ ।

कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन आवश्यक नभएको मन्त्रालयको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनले नै अनुमति दिएकाले खोपमा आशङ्का नगर्न मन्त्रालयको आग्रह छ । अभिभावकको अनुमति पर्खदा खोप अभियानमा असर पर्न सक्ने र विद्यार्थी छुट्न सक्ने सम्भावना रहेकाले तोकिएको उमेर पुगेका सबै विद्यार्थीलाई खोप दिन मन्त्रालयको आग्रह छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार यसअघि फाइजर खोप अभियान सञ्चालन भएका काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन हुनेछ ।

स्वास्थ्य मन्त्रालयले १२ देखि १७ वर्षसम्मका झण्डै १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्