Logo
Logo

सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको छलफल


4.3k
Shares

तस्विर फाइल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आज सर्वदलीय बैठकमा बोलाएका छन् ।

आज बस्ने सर्वदलिय बैठक अघि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक विभिन्न राष्ट्रिय मुद्धाहरुमा साझा धारणा बनाउनका लागि बस्न लागेको बताइएको छ । सर्वदलिय बैठक दिउँसो अपरान्ह ४ बजे बस्नेछ भने सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बस्ने भएको हो ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्