Logo
Logo

अनेकतामा एकता नै देशको पहिचान हो : प्रदेश प्रमुख खापुङ


1.4k
Shares

काठमाडौं । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले नेपालीका हरेक चाडपर्वले सामुहिकतामा एकता खोजेको बताएका छन् ।

किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किराँत र नेवार समुदायमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख खापुङले नेपाल बहुभाषिक बहुधार्मिक बहुसांस्कृर्तिक सभ्यताले भरिपुर्ण देश भएको बताउँदै अनेकताका एकतानै देशको पहिचान रहेको बताएका छन् ।

उधौली पवर्मा चिसोमा लेकदेखि वेशीतर्फ झर्ने, आफुले उब्जाएको अन्नबाली चढाएर खाने तथा प्रकृतिसंग जोडिएकाले यिनिहरुले मानिसमा एकता कायम गर्ने उनको भनाइ छ । त्यस्तै उनले कोरोना भाइरसको जोखिम अझै कायम रहेकाले सवधानी अपनाएर पर्व मनाउँन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्