Logo
Logo

दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन : कमल थापा


2k
Shares

काठमाडौं । हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजयपछि कमल थापाले सामाजिक सञ्जालमा धाराप्रर्वाह राजसंस्थाप्रति आक्रोश पोख्दै आएका छन् ।

यसैक्रममा राप्रपाका पूर्वअध्यक्ष थापाले राजसंस्था पुर्नस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने बताउँदै निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नहुने टिप्पणी गरेका छन् ।

महाधिवेशनमा आफूविरुद्ध पूर्वराजा ज्ञानेन्द्रसहित निर्मल निवासबाट अवाञ्छित गतिविधि भएको भन्दै थापाले छानबिन गर्न माग गर्दै आएका छन् । थापाले दलको आन्तरिक मामिलामा राजसंस्थाले हस्तक्षेप गरेको समेत आरोप लगाएका छन् ।

लामो समयदेखि राजासहितको हिन्दू राज्यको पक्षमा सडक र सदनमा आवाज उठाउँदै आएका थापाले आइतबार थापाले सामाजिक सन्जालमार्फत विदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने जनाएका हुन् ।

उनले भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुनःस्स्थापनाको एकमात्र बाटो हो । बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन । सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’

प्रतिक्रिया दिनुहोस्