Logo
Logo

सर्वदलीय बैठकको निष्कर्ष- ‘जननिर्वाचित संस्थालाई बन्धक बनाउनु उचित होइन’


2.5k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सम्पन्न सर्वदलीय बैठकले ‘जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित’ नरहेको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने– ‘विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन । प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ ।’

सर्वदलीय बैठकले संघीय संसद निरन्तर अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको समेत निष्कर्ष निकालेको छ । मन्त्री कार्कीले भने– ‘संसदीय लोकतन्त्रलाई जिवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण छ । तर त्यसको मतलब संसद चल्न नदिने भन्ने होइन । उहाँहरुलाई छलफलको माध्यमबाट समाधान खोज्न आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।

प्रमखु प्रतिपक्षी दल नेकपा एमालेले आफूले कारवाही गरेको सांसदलाई कारवाही भनएको र त्यसमा सभामुखको भूमिका रहेको भन्दै सभामुखले राजनीनामा नदिएसम्म सदन चल्न नदिने भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्