Logo
Logo

एउटा गम्भीर लापरबाही, १५ प्रहरी अधिकृतमाथि कारबाहीको तयारी


33.7k
Shares


काठमाडौं । अपहरण मुद्दाका नाइकेलाई उन्मुक्ति दिएको घटनामा आठ जना सिनियर प्रहरी अधिकारीमाथि कारबाही प्रक्रिया सुरु भएको थियो । अपहरणका नाइके अमर टण्डनविरुद्धको अपहरण मुद्दाको हदम्याद गुजारेको आरोपमा प्रहरी प्रधान कार्यालयले १५ जनालाई स्पष्टिकरण सोधेको छ । इप्रका बुटवलका तत्कालि प्रहरी अधिकारीको यसमा कमजोरी देखिएको हो ।


२०६४ माघ २९ गते टण्डनको समूहले रुपन्देहीको बुटवल–११ का ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेको थियो। अर्याल अपहरणको घटनामा प्रहरीले टण्डनमाथि हदम्यादभित्र मुद्दा दायर नभएको हो । टण्डन जेलबाट छुटेपछि मात्र यसबारे पत्ता लागेको थियो । जसअनुसार एसएसपी भिम ढकालको नेतृत्वमा छानबिन हुँदा त्यययता इप्रका बुटवलमा बस्ने अधिकारीलाई कारबाही हुन लागेको हो ।

एसएसपीहरु सुशीलकुमार यादब, दीपक थापा, कृष्णकुमार महत, एसपीहरु दानबहादुर कार्की, दिनेश कुमार आचार्य, दिलिप घिमिरे, महेन्द्र खड्का र मुकुन्द मरासिनीलाई स्पष्टिकरण सोधिएको हो ।


त्यस्तै, डीएसपी पवनकुमार भट्टराई, केशव भट्टराई, डिलबहादुर मल्ल, भीमलाल भट्टराई, प्रतित सिंह राठौर र असइ राजकुमार बिकलाई पनि स्पष्टिकरण सोधिएको स्रोत बताउँछ ।


त्यतिखेर जगतमान श्रेष्ठ कार्यालय प्रमुख थिए । उनले अवकाश पाइसकेका छन् । उनीपछि गएका अधिकारीले सो मुद्दाको हदम्यादबारे ध्यान दिन नसकेका हुन् । यसमा मिलेमतो भन्दा पनि कार्यालय सिष्टमकै कमजोरी रहेकाले स्पष्टिकरण सोधिएपछि ठूलो कारबाही नहुने प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्