Logo
Logo

खुलातर्फ कांग्रेस केन्द्रीय समितिमा १६ नयाँ अनुहार


2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवानिकट पक्षको बाहुल्य भएको छ ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको मतदानको आइतबार सम्पन्न गणनाअनुसार देउवा समूहबाट उम्मेदवार बनेका २५ नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा इतर समूहका १० नेतामात्र स्थान सुरक्षित गर्न सफल भएका छन् ।

कांग्रेस निर्वाचन समितिले साँझ दिएको अन्तिम मतपरिणामअनुसार खुलातर्फका ३५ केन्द्रीय सदस्यमा १६ जना नयाँ अनुहार छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका वर्तमान र पूर्वअध्यक्षसहितका नेताहरु पार्टीको केन्द्रीय सदस्यमा पुगेका छन्। पुराना १९ नेता केन्द्रीय समितिमा दोहोरिएका छन् ।

केन्द्रीय समितिमा दोहोरिएका नेतामध्ये निवर्तमान महामन्त्री शशांक कोइरालाले सर्वाधिक मत पाए । १४औं महाधिवेशनमै सभापतिको प्रत्यासी बन्ने बताउँदै आएका शशांक देउवा इतर समूहबाट एउटामात्र उम्मेदवार बन्नेरबनाउने प्रयास असफल भएपछि केन्द्रीय सदस्यमा मात्रै चुनाव लडेका थिए । उनले ३ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् । उनको नाम देउवा र शेखर कोइराला दुवै समूहमा प्यानलमा समावेश थियो ।

त्यस्तै सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुने अन्य नौ नेतामा क्रमश एनपी साउद,बालकृष्ण खाँण, उदयशमशेर राणा,रामहरि खतिवडा,रमेश लेखक,ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी,जिपछिरिङ लामा र अर्जुननरसिंह केसी छन् । १० नम्बरभित्र आफ्नो स्थान सुरक्षित गर्ने नेतामध्ये शशांक र केसीबाहेक सबै देउवा निकट नेता हुन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिको हो ।

प्रतिक्रिया दिनुहोस्