Logo
Logo

शहरी क्षेत्रको बाँदर व्यवस्थापनमा कस्को जिम्मेवारी ?


882
Shares

काठमाडौं । काठमाडौं उपत्यका भित्रका बिभिन्न धार्मिक स्थलहरुमा बाँदरको जमात देखिन्छन् । स्वास्थ्य परीक्षण समेत नगरिएका यस्ता बाँदरहरुको व्यवस्थापन कुन निकायले गर्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।

राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रका वन्यजन्तुको व्यवस्थापन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्दै आएको भएता पनि निकुञ्ज बाहिरका वन्यजन्तुहरुको संरक्षणको काम डिभिजन वन कार्यालयले गर्दै आएको छ । तर यसको समग्र व्यवस्थापन कुन निकायले गर्ने भन्ने सम्बन्धमा न त कुनै कानुनी व्यवस्था रहेको छ, न त कुनै निकायले नै यस विषयमा ध्यान दिएको देखिन्छ ।

डिभिजन वन कार्यालय काठमाडौंका प्रमुख बद्री कार्कीका अनुसार कार्यालयले उपत्यका भित्र रहेका बिभिन्न धार्मिक स्थल तथा वन क्षेत्रका बाँदरहरुको उद्धार गर्ने, घाइते भएमा उपचार गर्ने लगायतका कामहरु गर्दै आएको छ । तर यसको समग्र व्यवस्थापनको जिम्मा कुन निकायले गर्ने भन्ने सम्बन्धमा हालसम्म कुनै कानुनी प्रबन्ध नभएको प्रमुख कार्कीको भनाइ छ।

‘हामीले धार्मिक स्थलका बाँदरहरुलाई चोटपटक लाग्यो भने, कतै फसे भने, उनीहरुको उद्धार र उपचार गर्छौ, तर उनीहरुको आहार तथा नियमित स्वास्थ परीक्षणको जिम्मा भने हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन’, उनले भने ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्