Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

खुला महिलातर्फ केन्द्रीय सदस्यको मत गणना हुँदै


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना भइरहेको छ । हालसम्म पदाधिकारी तथा खुला केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भइसेको छ ।

आइतबार साँझ खुला ३५ जना केन्द्रीय सदस्यको गणना सकिएलगत्तै महिला केन्द्रीय सदस्य (खुला र मधेशी) तर्फको गणना सुरु भएको थियो ।

निर्वाचन समितिका अनुसार हिजो राति दुवै समूहको ४÷४ सय मत गनिएको र अहिले बिहान ९ बजेपछि पुनः गणना सुरु हुँदैछ ।

महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्यका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसैगरी मधेशी महिलातर्फ ४ जना निर्वाचित हुनेछ निर्वाचन समितिले जनाएको छ ।

महिला केन्द्रीय सदस्यको चुनावी मैदानमा अकला गुरुङ, अनिता देवकोटा, अम्बिका सुवेदी, आम्बिका शर्मा लामिछाने, अम्बिका बस्नेत, डा. आरजू राणा देउवा, ईश्वरी न्यौपाने, उमा दाहाल, उषाकुमारी राउत, कल्पना अधिकारी, किरण कोइराला र गौरीकुमारी श्रेष्ठ रहेका छन् ।

त्यस्तै चुनावी मैदानमा जमुना ढकाल, डा. डिला संग्रौला पन्त, तुलसा पन्त, धन खतिवडा, नम्रता बराल, पुष्पा भुसाल, बासना थापा, बिजुला बर्मा राणा, मोदती केसी, रंगमती शाही, रमा कोइराला पौडेल, रिता दवाडी, रुक्मिणीदेवी कोइराला, शान्ती कार्की, सुशीला ढकाल आचार्य, सरिता प्रसाई, सावित्री बोगटी पाठक र सीतादेवी देवकोटा पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्