Logo
Logo

२० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न समितिको सिफारिस


5k
Shares

काठमाडौं । बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा गर्न सिफारिस गरेको हो ।

प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी बढुवाको सिफारिसमा परेका छन् ।

यस्तै, रामबहादुर कुरुम्बाङ, श्रवणकुमार पोखरेल, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने बढुवाको सिफारिसमा परेका छन् ।

लेखा परीक्षणबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । समितिको सिफारिसमा परेका उपसचिवहरुको निर्णय अब बस्ने मन्त्रिपरिषदको बैठकले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्