Logo
Logo

प्रतिगामनलाई निस्तेज नगरेसम्म गठबन्धन कायमै राख्नुपर्छ : बाबुराम


819
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघिय अध्यक्ष डा बाबुराम भट्टराईले कम्तिमा आगामी निर्वाचनसम्म गठबन्धन गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपालले आज (सोमबार) गरेकाे ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषय वहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगामन शक्तिलाई निस्तेज नगरेसम्म गठबन्धन कायमै राख्नुपर्ने बताएका हुन् ।

उनले आग्रह गर्दै भने, ‘जबसम्म यो प्रतिगामन शक्तिलाई निस्तेज गर्न सिकँदैनौं । आगामी निर्वाचनसम्म हामीले यो गठबन्धनलाई बचाएर लानैपर्छ, यो प्रतिगामीहरुको टाँउको हामीले किच्न नसकेसम्म, टाँउको उठान नसक्ने स्थितिमा नपुर्याएसम्म हामीले गठबन्धन कायमै राख्नुपर्छ ।’

उनले गठबन्धनलाई भत्काउने चलखेल भइरहेको पनि बताए । उनले गठबन्धनलाई भत्काएर नयाँ ढंगले प्रतिगमत ल्याउने प्रयत्न भइरहको उनको भनाइ छ । उनले भने, ‘सानो–सानो एउटा समस्यले पनि एउटा ठूलो विस्पोटक रुप लिएर यो हाम्रो गठबन्धनलाई भत्काउने प्रयत्न भित्रबाहिरबाट भइरहेको छ । त्यो भत्काउने र नयाँ ढंगले प्रतिगमन अगाडी आउने खतरा छ ।’

प्रतिक्रिया दिनुहोस्