Logo
Logo

सोझो प्रचण्डले केपीलाई चिन्न सकेनन् : माधव नेपाल


5.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी ओलीलाई चिन्न नसक्दा ओलीले मनोमानी गरेको स्मरण गरेका छन् ।

केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिनलाई ‘कालो दिन’को रुपमा व्यख्या गर्दै समाजवादी प्रेस संगठन, नेपालले आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक बहसमा सहभागी अध्यक्ष नेपालले तत्कालीन नेकपा भित्रको अन्तरसंघर्ष स्मरण गर्दै यस्तो बताएका हुन् ।

फाइल फोटो

अध्यक्ष नेपालले भने– ‘तत्कालीन अध्यक्ष कमरेड प्रचण्डले धुर्त ओलीलाई चिन्न सक्नुभएन । कमरेड प्रचण्ड साझो हुनुभयो । पार्टी एकताको क्रममा भएको सहमतिअनुसार आधा–आधा प्रधामन्त्री सम्झौताअनुसार अब मलाई दिनुस् भन्न सक्नुभएन । त्यसैको बलमा ओलीले मनोमानी गरे ।’

लामो समय ओलीलाई झेलेको स्मरण गर्दै अध्यक्ष नेपालले ढिलोगरी मात्र प्रचण्डले ओलीलाई चिन्दा परिस्थिति धेरै अघि बढिसकेको भएपनि ओलीविरुद्ध एक भएर संघर्ष गरेका कारण प्रतिगमन परास्त भएको धारणा राखे ।

पार्टी एकता गरेर इतिहासकै शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर दिइएका ओली एकाएक प्रतिगमनकारी भइदिएका कारण उपलब्धीहरु नै गुम्ने अवस्था आएको स्मरण गर्दै अध्यक्ष नेपालले फेरि पनि प्रतिगमनको सपना नदेख्न ओलीलाई चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्