Logo
Logo

निर्वाचन आयोगले संविधानअनुसार काम गरेको भए ओली पार्टीविहिन हुने थिए : प्रचण्ड


945
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिगमन सम्झिएका छन् ।

आज (सोमबार) समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषय वहस कार्यक्रममा उनले गत वर्ष ओलीले गरेको प्रतिगमन स्मरण गरेका हुन् । गत वर्षको पुष पाँच गते ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए ।

आलीले आफ्नो सुरक्षाको लागि प्रतिगामी कदमा चालको प्रचण्डको भनाइ छ । ‘नेकपाभित्र अन्तरसंर्घष चर्किँदै गयो । केपी प्रविृतिलाई निरंकुश र कम्युनिष्ट विरोधि, लोकतन्त्र विरोधिका रुपमा हामीले खण्डन, आलोचना गर्न सुरु गर्यौँ, हामी ४४१ केन्द्रीय समितिको ७५ प्रतिशत थियौँ,’ उनले भने, ‘उहाँले त्यो देख्नुभयो । अब यो पार्टी यही रुपमा चल्ने हो भने आफू छिट्टै पार्टीविहिन हुने, चुनाव चिन्हविहिन हुने उहाँले देखिसक्नु भएको थियो । त्यसकारण उहाँको कुटील दिमागले के सोच्यो भने अब पार्टीभित्र बहस गरेर, पाटीभित्र भेला सम्मलेन, बैठक गरेर कुनै खैरियत हुने भएन । आगाडी आउने कुनै सम्भावना छैन बरु यो प्रतिनिधि सभा नै विघटन गरिदियो भने देश अर्को निर्वाचनतिर जन्छ, र आफू सुरक्षित हुन्छु भनेर उहाँले प्रतिगामी कदम चाल्नु भयो ।’

प्रतिनिधिसभा विघटन गरेपछि पार्टी (नेकपा)बाट उनलाई निष्कासन गरेको र निर्वाचन आयोगले संविधान, ऐनअनुसार काम गरेको भए अहिले ओली पार्टीविहिन हुने पनि बताए ।

‘ओलीले संसद विघटन गरिसकेपछि हामीले केन्द्रीय समितिको दुईतिहार बहुमतले ओलीलाई पार्टीबाट निष्कासन गरेका थियौँ । र, निष्कासन गरेको सबै कागजपत्रसहित निर्वाचन आयोगमा वैधानिकताको लागि हामी प्रस्तुत भयौँ,’ उनले भने, ‘यदि निर्वाचन आयोगले संविधानअनुसार काम गरेको भए, ऐनअनुसार काम गरेको भए आज ओली पार्टीविहिन हुने थिए । निर्वाचन चिन्हविहिन हुने थिए ।’

एउटा ठूलो षड्यान्त्रले ओलीले आफूलाई बचाउको प्रचण्डको दाबी छ । उनी भन्छन्, ‘ओलीले नयाँ पार्टी दर्ता गरेका थिए भने बबुरो पार्टीको रुपमा उहाँको स्थिति हुने थियो, बडो नाजुक हुनेवाला थियो । तर एउटा ठूलो षड्यान्त्रले ओलीले आफूलाई बचाउनुभयो ।’

प्रतिक्रिया दिनुहोस्