Logo
Logo

एमसीसी सम्झौता सम्बन्धी पुराना दस्ताबेज खोज्दै तीन सदस्यीय कार्यदल


2.5k
Shares

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न सत्तारुढ पाँचदलीय गठबन्धनले गठन गरेको तीन सदस्यीय कार्यदलले पुराना दस्तावेज खोजेर अध्ययन गर्ने भएको छ ।

कार्यदलले तत्काल बैठक बसेर यससम्बन्धमा रहेका पुराना दस्तावेज समेत खोजेर अध्ययन सुरु गर्ने कार्यदलका संयोजक समेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए ।

पुर्वप्रधानमन्त्री समेत रहेका नेता खनालको संयोजकत्वमा सत्तारुढ पाँच दलीय गठबन्धनले आइतबार कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा कांग्रेस केन्द्रीय सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

संयोजक खनालले कार्यदलको बैठक छिटै बस्ने र अध्ययन गरेर सरकारलाई सुझाव बुझाउने बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता सम्बन्धनी कतिपय दस्तावेज लुकाएकाले ती सबै दस्तावेज खोजेर अध्ययन गरिने उनले बताए ।

‘कार्यदलको बैठक छिटै बस्दैछ । एमसीसी सम्झौता सम्बन्धनी कतिपय दस्तावेज लुकाएको हुन सक्छ । ती सबै खोजेर हामी अध्ययन गर्नेछौं । अध्ययनका आधारमा सरकारलाई हामी सुझाव दिनेछौं’ संयोजक खनालले बताए ।

तत्कालिन नेकपाले नेता खनालको संयोजकत्वमा समेत एमसीसीको बारेमा अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो । सो कार्यदलको सदस्यमा नेता भीम रावल र प्रदिप ज्ञवाली थिए । सो कार्यदलले तत्कालिन नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनमा एमसीसी सम्झौता यथास्थितिमै स्वीकार गर्न नसकिने भन्दै त्यसका सर्तहरु संशोधन हुनुपर्ने सुझाव कार्यदलले दिएको थियो । तर तत्कालिन प्रधानमन्त्री ओली र काँग्रेस सभापति (हाल प्रधानमन्त्री) शेरबहादुर देउवाले जसरी पनि एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने रणनीतिमा रहेका थिए । ओली र देउवाबीच यस विषयमा पटकपटक छलफल समेत भएको थियो ।

अहिलेको पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस बाहेक सबै दलले एमसीसी सम्झौताका सर्तहरु संशोधन गरेर पारित गर्नुपर्ने अडानमा छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौताका सर्तहरु संशोधन गर्नुपर्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्