Logo
Logo

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई


504
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएकाले रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।

रक्षामन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजीनामा दिएका हुन् । नेपाली कांग्रेस चौधौं महाधिवेशनमा महामन्त्री पदमा हार्ने भएपछि रिजालले शुक्रबार रक्षामन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्