Logo
Logo

अत्तरियामा टीभीएसको नयाँ शोरुम, टीभीएस रेडर पनि सार्वजनिक


189
Shares

काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले कैलालीको अत्तरियामा नयाँ शोरुम संचालनमा ल्याएको छ । थ्री एस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) सुविधा सम्पन्न नयाँ शोरुम ‘बागेश्वरी मल्टी मोटर्स’को उद्घाटन गरिएको छ ।

सो कार्यक्रममा बोल्दै बागेश्वरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले टीभीएसका बाइक तथा स्कुटर बिक्री र सर्भिसमा समेत ग्राहकलाई थप सहजता प्रदान गरिने बताए ।

नयाँ शोरुमको उद्घाटनका साथै कम्पनीले कार्यक्रम मार्फत युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गतको टीभीएस रेडर पनि सार्वजनिक गरेको छ । ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक कार्यक्रममा सप्तरङ्ग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार, अस्मिता अधिकारी लगायतको उपस्थिति थियो ।

युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्