Logo
Logo

एमसीसीमा देउवाको ताकेताले गठबन्धनमा कम्पन


2.9k
Shares

काठमाडौं । कांग्रेस महाधिवेशनबाट सभापति चुनिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चार वर्षदेखि संसद्मा अड्किएको एमसीसी सम्झौता अनुमोदन गर्न हतारो देखाएपछि सत्ता घटक दलबीच गठबन्धनको भविष्यलाई लिएर संशय पैदा भएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले यही साताभित्र सम्झौता अनुमोदन गर्नुपर्ने भन्दै समर्थनका लागि आग्रह गरेपछि सत्ता घटक पाँच दलमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादी अप्ठ्यारोमा परेका हुन् । एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रियताविपरीत रहेको भन्दै माओवादी र एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्न दबाब दिइरहेका छन् ।

एमसीसी अघि बढाउँदा पार्टीभित्र अप्ठ्यारो पर्ने, अघि नबढाउँदा सत्ता गठबन्धन दलको भविष्य नै के हुने भन्ने चिन्ता मुख्य रूपमा यी दुई दलमा देखिएको छ । सर्वदलीय बैठक बस्नुअघि आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाको प्रस्तुतिबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बढी सशंकित भएका एक नेताले बताए ।

दाहालले आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनअघि एमसीसीको विषयलाई छलफलमा नल्याउन आग्रह गर्दा ढिलाइ हुने भन्दै देउवाले तत्काल अघि बढाउनुपर्ने अडान राखेका थिए ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्