Logo
Logo

समाभमुले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


1.7k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । संसद बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्दैछ । मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी भने परेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । एमालेले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्