Logo
Logo

एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैन : विशाल भट्टराई


504
Shares

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको दाबी पनि गरे। एमालेलाई गठबन्धन तोड्न कुनै रुचि नभएको भन्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए ।

‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुचि छैन’, उनले भने, ‘सरकारमा जान कुनै रुचि छैन। नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन। हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस्। यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौँ। र, स्पष्ट गर्न चाहान्छु म नेकपा एमालेको तर्फबाटकी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन। कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौँ।’

प्रतिक्रिया दिनुहोस्