Logo
Logo

कांग्रेस केन्द्रीय सदस्य मधेसीतर्फको मत परिणाम सार्वजनिक


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनमा केन्द्रीय सदस्य मधेसी (खुला) पाँच सिटको मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त मतपरिणामअनुसार अजयकुमार चौरासिया दुई हजार ५२२, डा चन्द्रमोहन यादव दुई हजार १३८, दिनेशकुमार यादव एक हजार ९५९, महेन्द्रकुमार राय एक हजार ९८४ र विनोदकुमार चौधरी दुई हजार २०६ मतका साथ निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य मधेसी (खुला) पाँच सिटका लागि २३ जनाले उम्मेदवारी दिएका थिए ।

यसैगरी केन्द्रीय सदस्य मधेसी (महिला) चार सिटका लागि भएको निर्वाचनमा नागिना यादव दुई हजार ८४६, मञ्जुकुमारी यादव दुई हजार ८८६, मिनाक्षी झा तीन हजार १२ र मुक्ताकुमारी यादव तीन हजार ९६० मत प्राप्त गरी निर्वाचित भएका छन् ।

सो पदमा पराजित भएका एक मात्र उम्मेदवार किरण यादवले दुई हजार ७२२ मत प्राप्त गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्