Logo
Logo

आजको मौसम : तराईमा शीतलहर र हिमाली भू-भागमा हिमपातको सम्भावना


1.2k
Shares

काठमाडौं । लगातार चिसो बढेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परिरहेको छ । हाल देशको पहाडी भूभागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसु कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर सुरु भएको छ ।

आज दिउँसो देशको पहाडी भू भागमा आँशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । राति देशको पहाडी भू भागमा आँशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

तराईका भू–भागमा बिहानको समयमा हुसु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। दिउँसो देशका अधिकांश पहाडी भूभागम आंशिक बदली रही केही पहाडी भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्