Logo
Logo

खोप प्रभावित हुन नदिन सरकारले ५० लाख सिरिन्ज नेपाल ल्याउँदै


693
Shares

काठमाडौं । कोरोना विरुद्धको खोप अभियानलाई प्रभावित हुन नदिन सरकारले सिरिन्जको आपूर्ति थालेको छ ।

हाल खोप आएपनि केही जिल्लामा सिरिन्ज अभाव भएको गुनासो आएपछि सरकारले सिरिन्जको अभावका कारण खोप अभियान प्रभावित नहोस् भन्नका लागि भारतबाट ५० लाख सिरिन्ज ल्याउने तयारी गरेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाका अनुसार केन्द्रीय भण्डार हाल रित्तो रहेको छ । आउँदो शनिबार भारतबाट ५० लाख सिरिन्ज आउने भएकाले समस्या समस्या समाधान हुने उनको भनाइ छ ।

कोरोना विरुद्धको ओमिक्रोन भेरियन्ट देखिएसँगै सरकारले खोप अभियानलाई तीब्रता दिएको छ । यसकै कारण पनि सिरिन्जको माग धेरै छ ।

प्रतिक्रिया दिनुहोस्