Logo
Logo

माओवादी केन्द्रको नेतृत्व चयनका लागि प्रदेश १ मा निर्वाचन


567
Shares

विराटनगर । नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका लागि प्रदेश १ मा निर्वाचन हुने भएको छ । यसअघि सर्वसम्मत हुननसक्दा बागमती प्रदेशमा पनि निर्वाचनबाट पदाधिकारी चयन गरेको थियो ।

प्रदेश नेतृत्व चयनमा सहमति नजुटेपछि माओवादी केन्द्रले आज निर्वाचन गर्दैछ । त्यसअघि माओवादी केन्द्र प्रदेश कमिटीको बैठक बस्दैछ । यसपछि अध्यक्षलगायत ९ जना पदाधिकारीका लागि निर्वाचन गरिने भएको छ ।

गत मंसिर २५–२६ को प्रथम प्रदेश सम्मेलनले २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरेपनि पदाधिकारीमा सहमति हुन सकेको थिएन । नौ पदाधिकारीका लागि ४० जना आंकाक्षी छन् ।

पार्टीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी, मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायत दाबेदार छन् ।

प्रतिक्रिया दिनुहोस्