Logo
Logo

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई


945
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन् ।

राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड क बमोजिम रक्षामन्त्री डा.मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले सो मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी तोकेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रपति भण्डारीले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेको जानकारी दिएका थिए ।

रिजालले पार्टीको महाधिवेशनमा महामन्त्री पदमा हार व्यहोरेपछि गत पुस २ गते पदबाट राजीनामा दिएका थिए

प्रतिक्रिया दिनुहोस्