Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

पदाधिकारीसहित ९७ जनाको परिणाम सार्वजनिक, देउवा पक्षका ८० प्रतिशतको जित


3.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पदाधिकारीसहित ९७ जनाको परिणाम सार्वजनिक भएको छ ।

१ सय ३४ पदका लागि भएको निर्वाचनमा ९७ जनाको परिणाम सार्वजनिक भएको छ । जसमा सभापति शेरबहादुर देउवा पक्षले ८० प्रतिशत जित हासिल गरेको छ ।

पदाधिकारीतर्फ सभापति देउवा समूहले १ उपसभापति र ६ सहमहामन्त्री जितेकन छन् भने डा. शेखर कोइराला पक्षले उपसभापति १, महामन्त्री १ र २ सहमहामन्त्री जितेको छ । यस्तै, प्रकाशमान सिंह नेतृत्वको प्यानलबाट महामन्त्रीमा १ जना विजयी भएका छन् ।

केन्द्रीय सदस्यतर्फ डा. शशांक कोइराला, राजेन्द्रकुमार केसी र मुक्ताकुमारी यादव साझा प्यानलमा परेका थिए । परिणाम आएका ९७ मध्ये ७७ जना देउवा प्यानलका विजयी भएका छन् भने शेखर पक्षको १७ जना केन्द्रीय समितिको पदाधिकारी र सदस्यमा निर्वाचित भएका छन् ।

यस्ते, शेखर समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियार पदाधिकारीमा विजयी भएका छन् । शेखर पक्षबाट खुल्ला केन्द्रीय सदस्यमा नौ जना विजयी हुँदा प्रदेश १ र गण्डकी प्रदेशबाट १–१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

खुला महिला र मधेशी खुलातर्फ पनि शेखर पक्षका १–१ जना मात्रै निर्वाचित भएका छन् । त्यसबाहेक सबै क्लष्टरमा देउवा पक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्