Logo
Logo

पुस १८ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित


693
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार नेकपा एमालेको अवरोधकै बीच चार अध्यादेश स्वीकृत गर्दै बैठक ११ दिनका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले बताए ।

सभामुख सापकोटाका अनुसार प्रतिनिध सभाको अर्को बैठक पुस १८ गते आइतबार दिउसो १ बजे बस्ने छ । गत भदौदेखि संसदमा विरोध जनाउँदै आएको एमालले बुधबार पनि जारी राखेको थियो ।

आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच सञ्चालित बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ र ‘रेल्वे अध्यादेश, २०७८’ स्वीकृत गरेकाे हो ।

ती अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालको सूचनालाई बैठकले अस्वीकार गरेको थियो । अध्यादेशहरुविरुद्धको सूचनाका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय मुलुकको राजधानी काठमाडौँमा सुरक्षाका लागि विशेष व्यवस्था गर्नुपर्ने भएकाले प्रहरीसम्बन्धी अध्यादेश ल्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस्