Logo
Logo

सुविधायुक्त पक्की भवनमा पठनपाठन


693
Shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित सरस्वती माध्यमिक विद्यालयमा सुविधायुक्त पक्की भवनमा अध्ययन÷अध्यापन सुरु गरिएको छ ।

लामो समयसम्म पुरानो तथा ढुङ्गा÷माटोले बनेको विद्यालय भवनको धुलाम्मे कक्षा कोठामा अध्ययन गर्दै आएका विद्यार्थी अहिले सुविधायुक्त पक्की भवनमा बसेर अध्ययन गर्न पाएपछि हर्षित भएका छन् ।

विसं २०१७ देखि सञ्चालित विद्यालयमा भूकम्प प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाको आर्थिक सहयोगमा चार तला भएको चारकोठे विद्यालय भवन तथा सुविधायुक्त शौचालय र नगरपालिकाको आर्थिक सहयोगमा एक तला भएको दुईकोठे विद्यालय भवन निर्माण गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा को रु ७० लाख ४० हजारमा विद्यालय भवन, फर्निचर तथा रु १५ लाखमा शौचालय र नगरपालिकाको रु ३५ लाख लागतमा अर्को पक्की भवन तथा विद्यालय परिसरमा तारजालीको घेराबारसमेत हालिएको छ ।

ठेकेदार कम्पनीमार्फत निर्माण गरिएका दुवै विद्यालय भवन र शौचालय बुधबार नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले औपचारिकरुपमा उद्घाटन गर्नुभयो । विद्यालय भवन तथा शौचालय उद्घाटन कार्यक्रममा जग्गादाता, पूर्वप्रअ, सहयोगदातालगायतलाई सम्मानसमेत गरिएको थियो ।

करिब ६१ वर्षअघि स्थापना भएको विद्यालयका लागि तत्कालीन पाथेका गाउँ पञ्चायतका प्रधानपञ्च स्व जगतबहादुरले निःशुल्क जग्गा दिनुभएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालय भवन तथा शौचालय उद्घाटन कार्यक्रममा जग्गादाता जगतबहादुरकी श्रीमती शिवकुमारी राईलाई नगरप्रमुख रिजाल र उपप्रमुख राईले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्