Logo
Logo

एसियन सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगिता आजबाट


315
Shares

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता आजदेखि बङ्गलादेशमा सुरु हुने भएको छ ।

बङ्गलादेशको ढाकामा हुने प्रतियोगितामा नेपालको महिला र पुरुष दुबै टोलीले खेल्ने छन् । नेपालको महिला टोलीले पहिलो खेलमा आज श्रीलङ्कासँग खेल्नेछ । खेल बिहान सवा ११ बजे हुनेछ ।

यस्तै पुरुष टोलीले बेलुका पौने ५ बजे आयोजक बङ्गलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस्