Logo
Logo

राजनीतिक दलको चुनावमा भाग लिने शिक्षकलाई कारबाही गर्ने त्रिविको चेतावनी


441
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ ।

विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलका महाधिवेशन र विधान अधिवेशनमा भाग लिएका समाचार आएको भन्दै त्रिविको कर्मचारी प्रकाशन महाशाखाले विभागीय कारबाहीको चेतावनी दिएको हो ।

महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० की नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्