Logo
Logo

शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न प्रभु साहको माग


17.3k
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन संशोधन वा खारेज गर्नुपर्ने माग गरेका छन् ।

शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै साहले त्यसलाई संशोधन वा खारेज गर्न माग गरेका हुन् ।

‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ । प्रदेश २ मा रहेको धेरै जनसंख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट÷पद संख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य÷स्वाभाविक मान्न सकिँदैन्’ साहले आफ्नो फेसबुक फेजमा लेखेका छन् ।

निमावि तहमा दुई हजार पाँच सय ९८ शिक्षकका लागि आयोगले विज्ञापन खुल्ला गरेको छ । तर अन्य प्रदेशको तुलनामा प्रदेश २ मा शिक्षक मागको संख्या थोरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्