Logo
Logo

विधिको शासन कायम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड


252
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयाजित कार्यक्रममा प्रधानमन्त्री देउवाले विधिको शासन र कानुनी राज्य लोकतन्त्रको आधारशिला भएको भन्दै विधिको शासन कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले विधिको शासन कायम गर्न सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले महत्ववपूर्ण भूमिका खेलेका जिकिर गरे । त्यस्तै प्रधानमन्त्री देउवाले मुलुकको समृद्धि, विकास र मानव अधिकारको संरक्षण विधिको शासनमा निर्भर रहने धारणा पनि राखे ।

त्यस्तै महान्यायाधिवक्ता खम्मबहादुर खातीले सर्वोच्च अदालतमा उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्रीले भूमिका खेल्नुपर्ने बताए । प्रतिपक्षी दलसँग वा सर्वदलीय बैठक बसेर भए पनि संकट समाधानका लागि भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उनले असहमतिबीच सहमति खोजेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्