Logo
Logo

एमाले चितवनको जिल्ला अधिवेशन पुस २३ र २४ गते


1.7k
Shares

चितवन । नेकपा एमालेको चितवन जिल्ला अभिवेशन यहि पुस २३ र २४ गते हुने भएको छ । दशौं जिल्ला अधिवेशन आयोजक कमिटीको चौथो पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।

अधिवेशनका लागि पुस १७ गते प्रतिनिधि छनोट गरिनेछ । एमाले केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जिल्लाका ९८ वटा वडा र २ शाखा कमिटी गरी १ सय इकाईबाट प्रतिनिधि छनोट हुनेछन् ।

अधिवेशन सफल पार्न अध्यक्ष रावलको संयोजकत्वमा राजनीतिक, सांगठनिक प्रतिवेदन लेखन समिति गठन गरिएको छ । समितिका सदस्यमा सचिव प्रकाश खनाल शैलेश, उपसचिवद्वय प्रकाश ढुंगाना, सूर्यबदना हमाल र तिलक रिमाल रहेका छन् ।

एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीले पुस २३ गते पार्टी अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गर्ने जानकारी दिए ।

पुस २३ गते उद्घाटन र प्रतिवेदनहरु पारित गरिने र २४ गते नेतृत्व चयन हुनेछ । करिब १ हजार ५ सय प्रतिनिधिले जिल्ला नेतृत्व चयन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्