Logo
Logo

विदेशमा रहेका नेपालीले मतदान गर्न मिल्ने व्यवस्था मिलाउँदै आयोग


252
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा विदेश रहेका नेपालीले पनि मतनदान गर्न मिल्ने व्यवस्थाको तयारी सुरु गरेको छ । विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यसहित यस्तो तयारी गरिएको आयोगले तयारी थालेको हो ।

काभ्रेको धुलिखेलमा महिला पत्रकारका लागि आयोजित तीनदिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताए ।

उनका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी भइरहेको छ । विदेशमा करिब ४० लाख नेपाली नागरिक रहेका छन् ।

नेपालमा पालिकाको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीच साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्