Logo
Logo

माओवादी स्थायी समिति बैठक : बहुपदीय प्रणालीमा फर्कनेबारे छलफल


756
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ । शुक्रबार पौन ११ बजे सुरु भएको बैठक यही ११ पुसबाट काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेको छ ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलका अनुसार आजको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी समितिका सदस्यहरुको सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । यस राष्ट्रिय सम्मेलनबाट माओवादी केन्द्रले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्कने तयारी गरेको छ । यसबारे निष्कर्ष निकाल्न माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ ।

शान्ति प्रक्रियापछि मोहन वैद्य ‘किरण’ र बाबुराम भट्टराईको बखतमा बहुपदीय प्रणालीमा गएको माओवादीमा उनीहरु बाहिरिएसँगै लामो समयदेखि अध्यक्ष प्रचण्डको एकल नेतृत्वमा पार्टी सञ्चालन हुँदै आएको छ । माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्